दफा १३
भन्सार सम्बन्धी नेपाल कानून लागू गर्ने अधिकार

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मालसामानको निकासी र पैठारी सम्बन्धी प्रचलित नेपाल कानुनका सबै वा केही कुरा सोही सूचनामा तोकिए बमोजिम संशोधित रूपमा हवाई मार्गद्वारा हुने मालसामानहरूको निकासी पैठारीका सम्बन्धमा पनि लागू गर्न सक्छ ।